काठमाडौं । कृषि विकास बैंकले वार्षिक साधारणसभा बोलाएको छ । मङ्सिर २९ गतेका लागि कम्पनीले साधारणसभा बोलाएको हो ।उक्त सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १३ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव गरेको छ। त्यस्तै नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम प्रदान गर्ने निर्णय बैंकले गरेको छ।
बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर १३ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउन सक्ने छन् ।




.gif)



