images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • नेपाल टेलिकमको बक्यौता भुक्तानीमा जरिवाना छुट...

नेपाल टेलिकमको बक्यौता भुक्तानीमा जरिवाना छुट दिने घोषणा

नेपाल टेलिकमको बक्यौता भुक्तानीमा जरिवाना छुट दिने घोषणा

images
images
आइतवार, कार्तिक ३० २०८२
आइतवार, कार्तिक ३० २०८२
  • काठमाडौं । नेपाल टेलिकमले बक्यौता भुक्तानीमा जरिवाना छुट दिने घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७९/८० सम्मको बाँकी रकम आगामी माघ मसान्तभित्र तिरेमा सम्पूर्ण जरिवाना शुल्क माफ गर्ने निर्णय गरेको छ।

    images
    images

    टेलिकमद्वारा आइतबार जारी सूचनामा मंसिर १ गतेदेखि २०८२ माघ मसान्तभित्र बक्यौता भुक्तानी गर्ने ग्राहकले जरिवानाबाट पूर्ण राहत पाउने उल्लेख छ। नजिकको टेलिकम कार्यालयमा गई यो सुविधाको सदुपयोग गर्न कम्पनीले सबै ग्राहकलाई आग्रह गरेको छ।

    यसैगरी, तोकिएको म्यादभित्र पनि बक्यौता भुक्तानी नगर्ने ग्राहकहरूको नामावली पत्रिकामा सार्वजनिक गर्ने तथा कम्पनीको वेबसाइटमा राखी कालोसूचीमा समावेश गर्ने प्रक्रिया अगाडि बढाइने टेलिकमले स्पष्ट गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend