images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • तोलामा ५ सय रुपैयाँले घट्यो सुनको...

तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार?

तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार?

images
images
शुक्रवार, कार्तिक २८ २०८२
शुक्रवार, कार्तिक २८ २०८२
  • २८ कात्तिक, काठमाडौं । अघिल्लो दिन तोलामा ५ हजार ९ सय रुपैयाँ मूल्य बढेको सुन शुक्रबार जम्मा ५ सय रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ५० हजार २ सय रुपैयाँ थियो । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

    images
    images

    त्यस्तै चाँदी प्रतितोला ६० रुपैयाँ घटेको छ । महासंघले यस दिनका लागि चाँदी प्रतितोला ३ हजार २८५ रुपैयाँ तय गरेको छ । अघिल्लो दिन ३ हजार ३४५ रुपैयाँ थियो । यसअघि चाँदी असोज ३१ गते ३३५० रुपैयाँ पुगेको रेकर्ड छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend