images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • नेपालका सात प्रविधि संस्था ‘असोसियो अवार्ड...

नेपालका सात प्रविधि संस्था ‘असोसियो अवार्ड २०२५’ बाट सम्मानित

नेपालका सात प्रविधि संस्था ‘असोसियो अवार्ड २०२५’ बाट सम्मानित

images
images
बिहिवार, कार्तिक २७ २०८२
बिहिवार, कार्तिक २७ २०८२
  • काठमाडौं । नेपालका सात प्रविधि संस्था प्रतिष्ठित ‘असोसियो अवार्ड २०२५’ बाट सम्मानित भएका छन् । एसियाली–ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गानाइजेसन (असोसियो) को यस वर्षको मुख्य कार्यक्रम ‘असोसियो डिजिटल समिट २०२५’ (नोभेम्बर १०-१२) अवसर पारी नेपालका यी संस्थालाई अवार्ड प्रदान गरिएको हो ।

    images
    images

    यसअन्तर्गत इमार्क प्रा. लि. ले आउटस्ट्यान्डिङ टेक कम्पनी अवार्ड जितेको छ । त्यस्तै आउटस्ट्यान्डिङ डिजिटल ट्रान्सफर्मेसन अर्गनाइजेसन अवार्ड मदन भण्डारी मेमोरियल कलेजले पाएको छ । डिजिटल गभरमेन्ट अवार्ड निन्जा इनफोसिस प्रा. लि. ले जित्न सफल भएको छ । त्यस्तै ट्यालेन्ट डेभलपमेन्ट अवार्ड वर्डप्रेस नेपाल कम्युनिटीले प्राप्त गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आईस्पान) ले साइबर सेक्युरिटी अवार्ड जितेको छ भने एडुटेक इन्टरनेसनल प्रा. लि.ले स्टार्टअप अवार्ड हात पारेको छ । त्यस्तै अनलिमिटेड टेक्नोलोजी प्रा. लि.ले ग्लोबल बिजनेस सर्भिस अवार्ड हात पार्न सफल भएको छ ।

    नेपालतर्फबाट असोसियो सदस्य संस्था कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का सिफारिसमा सहभागी यी संस्थाले ताइवानको ताइपेईमा आयोजित समिटमा यी विधामा अवार्ड हात पारेका हुन् ।क्यान महासंघका अनुसार यस वर्षको असोसियो अवार्डमा नेपाली सूचना प्रविधि क्षेत्रको विविधता झल्काउने गरी नोमिनेसन सिफारिस गरिएको थियो । महासंघले असोसियो जस्तो अन्तर्राष्ट्रिय मञ्चमा सहभागी हुन पाउनु नेपालका लागि गौरवको विषय भएको क्यान महासंघका पूर्व अध्यक्ष एवम् असोसियोका उपाध्यक्ष नवराज कुँवरले बताए ।असोसियो अवार्डले नेपाललाई क्षेत्रीय डिजिटल हबको रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै महासंघले यस्तो सम्मानले देशको प्रविधि कम्पनीहरूलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अघि बढ्न प्रेरणा दिने विश्वास लिएको छ ।

    images
    images

    ‘एआई सेपिङ द डिजिटल एसिया’ विषयमा केन्द्रित यस वर्षको समिट असोसियोको फ्ल्यागसिप इभेन्टका रूपमा आयोजना गरिएको हो । समिटमा एआई प्रविधिको भूमिका, साइबर सुरक्षा, डिजिटल गभरमेन्टका रणनीति, स्टार्टअप इकोसिस्टम र ट्यालेन्ट विकास, एआई जस्ता विषयमा विस्तृत छलफल भएको थियो ।२४ एसियाली-ओसियनियन देशका प्रतिनिधिहरू सहभागी समिटमा विभिन्न प्यानल डिस्कसन, वर्कशप र प्रदर्शनीमार्फत नवीनतम प्रविधि र इनोभेसन प्रस्तुत गरिएका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend