images

२०८३ आश्विन २० गते

images
images
images

सोलु हाइड्रोपावरले पायो आईपीओ अनुमति

सोलु हाइड्रोपावरले पायो आईपीओ अनुमति

images
images
मंगलवार, कार्तिक २५ २०८२
मंगलवार, कार्तिक २५ २०८२
  • काठमाडौं । सोलु हाइड्रोपावर कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ ।कम्पनीले २ करोड कित्ता सेयर निष्कासनका लागि अनुमति पाएको हो । जसमा संस्थापक समूहको ८० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत हिस्सा रहनेछ । अंकित मूल्य १ सयका दरले कम्पनीले कुल २ अर्ब रुपैयाँको आईपीओ निष्कासन गर्न अनुमति पाएको हो ।

    images
    images

    बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल रहेको छ । यस कम्पनीले सोलुखुम्बु जिल्लामा तल्लो सोलु हाइड्रोपावर आयोजना निर्माण गरेको छ । आयोजना ८२ मेगावाट क्षमताको रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend