images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • जेनजी आन्दोलनबाट क्षतिग्रस्त संरचनाको २ महिनापछि...

जेनजी आन्दोलनबाट क्षतिग्रस्त संरचनाको २ महिनापछि पुनर्निर्माण सुरु गरिने

जेनजी आन्दोलनबाट क्षतिग्रस्त संरचनाको २ महिनापछि पुनर्निर्माण सुरु गरिने

images
images
मंगलवार, कार्तिक २५ २०८२
मंगलवार, कार्तिक २५ २०८२
  • काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका महत्त्वपूर्ण संरचनाको पुनर्निर्माण दुई महिनापछि सुरु गरिने जानकारी दिएका छन् ।सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्री खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त सिंहदरबारभित्रका महत्त्वपूर्ण संरचनालाई अहिलेकै बजेटभित्रबाट दुई महिनापछि सुरु गरिने जानकारी दिए । उनले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट सरकारी संरचनातर्फ करिब सय अर्बको क्षति भएको प्रारम्भिक अनुमान रहेको बताए ।

    images
    images

    जेन जी आन्दोलन क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न स्थापना गरिएको कोषमा ८ करोड रुपैयाँ जम्मा भएको उनले जानकारी दिए । मन्त्री खनालले टुक्रे आयोजनाहरूको बजेट कटौती गरी हुलाकी, मध्य पहाडी लोकमार्ग, बिपी राजमार्ग लगायतका  रणनीतिका आयोजनाहरूलाई प्राथमिकतामा राखेर बजेट छुट्टाइएको उल्लेख गरे । जेनजी आन्दोलनको माग अनुसार बजेटको सही परिचालनका लागि सार्वजनिक खर्च व्यवस्थापन, खर्च कटौतीका आधार एवं मापदण्डलाई प्रभावकारी बनाइएको उनले बताए । मन्त्री खनालले आयकर घटे पनि समग्र राजस्व बढेको बताए ।

    उनले जेनजी आन्दोलनपछि सेप्टेम्बरमा पर्यटक आगमनको सङ्ख्या घटे पनि त्यसपछि भने पर्यटक आगमनको सङ्ख्या निकै बढेको धारणा राखे । उनले जेनजी आन्दोलनपछि निजी क्षेत्रमा भएको क्षतिपछि व्यावसायिक वातावरण बनाउन सरकारले अधिकतम पहल गरेको जानकारी दिए ।  

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend