images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • बुटवलको कृषि थोक बजार केन्द्रमा व्यावसायी...

बुटवलको कृषि थोक बजार केन्द्रमा व्यावसायी आन्दोलित

बुटवलको कृषि थोक बजार केन्द्रमा व्यावसायी आन्दोलित

images
images
सोमवार, कार्तिक २४ २०८२
सोमवार, कार्तिक २४ २०८२
  • बुटवल । दैनिक पाँच करोड रुपैयाँभन्दा बढीको कारोबार हुने बुटवल कृषि उपज तथा थोक बजार केन्द्रमा टेन्डर प्रक्रियालाई लिएर व्यावसायीहरू आन्दोलित भएका छन्। टेन्डर प्रक्रिया रोक्न माग गर्दै व्यावसायीहरूले सटर बन्द गरी आन्दोलन गरेका हुन्।जिल्ला अदालत रुपन्देहीले बुटवल कृषि उपज थोक बजार नियमित टेन्डरमार्फत सञ्चालन गर्नुपर्ने आदेश दिएपछि सोही निर्णयअनुसार टेन्डर प्रक्रिया अघि बढाइँदै थियो। तर अदालतको पूर्ण फैसला नआउँदै हतारमा टेन्डर प्रक्रिया अघि बढाउन खोजिएको भन्दै बजारभित्रका व्यावसायीहरूले तालाबन्दी र सटर बन्द गरेका हुन्।

    images
    images

    बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिका अध्यक्ष घनश्याम भुसालका अनुसार गत वर्षदेखि रोकिएको टेन्डर प्रक्रियालाई अदालतको आदेशपछि अघि बढाउने तयारी भइरहेको बेला केही व्यावसायीहरूले आन्दोलन गर्दै कार्यालयमा तालाबन्दी गरेका हुन्। उनले बजार बन्द भएपछि फलफूल तथा तरकारी खरिदका लागि आउने व्यापारीहरू अन्यत्र जानुपर्ने बाध्यता सिर्जना भएको बताए।२०८१ भदौ २४ गते कृषि बजार व्यवस्थापन समितिले ६८ वटा सटर भाडामा लगाउनका लागि २६७ वटा बोलपत्र दर्ता गरेको थियो, जसमा बैंक ग्यारेन्टी समेत थियो। समितिले बोलपत्र खोलेर टेन्डरमा नपर्ने सहभागीहरूको ग्यारेन्टी रकम फिर्ता गर्ने तयारी गरिरहेको बेला व्यावसायीहरूले अदालतको पूर्णपाठ बिना टेन्डर अघि बढाउन नपाइने भन्दै प्रक्रिया रोकिदिएका हुन्।

    सञ्चालक समिति अध्यक्ष भुसालले अदालतले टेन्डर प्रक्रिया अघि बढाउन बाटो खुला गरिदिएको भए पनि भित्रैका व्यावसायीहरूले अवरोध गरेको बताए। उनका अनुसार समिति टेन्डर प्रक्रिया अघि बढाउन प्रयासरत छ।यसअघि लुम्बिनी फलफूल तथा तरकारी व्यवसायी सङ्घका सन्तोष अग्रहरीलगायतले विगतको करारलाई निरन्तरता दिनुपर्ने मागसहित अदालतमा मुद्दा दायर गरेका थिए। तर न्यायाधीश अशोक कुमार बस्नेतको एकल इजलासले बिहीबार सो मुद्दा खारेज गरेपछि रोकिएको टेन्डर प्रक्रिया अगाडि बढाइएको हो।

    images
    images

    २०६७ सालमा १० वर्षका लागि तरकारी तथा फलफूल व्यवसायीसँग सम्झौता गरिएको थियो। उक्त सम्झौता २०७७ भदौमा सकिएपछि कृषि मन्त्रालयको कृषि बजार प्रवर्द्धन केन्द्र र बुटवल उपमहानगरपालिकाले सञ्चालक समितिलाई सटर भाडामा लगाउने प्रक्रिया थाल्न निर्देशन दिएका थिए। तर कोभिड–१९ लगायत कारणले ढिलाइ भएको थियो।
    १५ वर्षअघि निर्माण भएको बुटवल कृषि उपज तथा थोक बजार केन्द्रमा कृषि मन्त्रालयको ६० प्रतिशत, बुटवल उपमहानगरपालिकाको २४ प्रतिशत र लुम्बिनी फलफूल तथा तरकारी थोक व्यवसायी सङ्घको १६ प्रतिशत लगानी रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend