images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • काठमाडौं फोटोग्राफर संघको नेतृत्वमा आनन्द प्रभाकर...

काठमाडौं फोटोग्राफर संघको नेतृत्वमा आनन्द प्रभाकर घिमिरे

काठमाडौं फोटोग्राफर संघको नेतृत्वमा आनन्द प्रभाकर घिमिरे

images
images
सोमवार, कार्तिक २४ २०८२
सोमवार, कार्तिक २४ २०८२
  • काठमाडौं,२४ गते कार्तिक । फोटोग्राफर संघको २०८२ कार्तिक २२ गते शनिबार काठमाडौंमा सम्पन्न सत्रौं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनबाट नयाँ कार्यसमितिको चयन गरेको छ। शनिबार सफलतापूर्वक सम्पन्न अधिवेशनले आनन्द प्रभाकर घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो।अध्यक्ष ३ जना र सचिव पदमा २ जनाको उम्मेदवारी परेकाले निर्वाचन मार्फत चयन भए पनि अन्य पदमा भने एकल उम्मेदवारी परेकाले निर्विरोध चयन भएको हो।नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष आनन्द प्रभाकर घिमिरे, उपाध्यक्ष हरी ज्ञवाली, सचिव काली प्रसाद रिमाल, सहसचिव मिलन तमखुर कोषाध्यक्षमा चन्द्रलाल राई गरी ५ जना कार्यसमिति पदाधिकारी चयन गरेको छ।

    images
    images

    कार्यसमिति सदस्यहरुमा ११ जना चयन गरेको छ, जसअन्तर्गत केशव राज भट्टराई, बासुदेव घिमिरे, विनोद ढकाल, देवराज गुरुङ, रामचन्द्र भट्ट, सुजन तिमल्सिना, रेन्जु मगर, नवराज घिमिरे, ठाकुर प्रसाद अधिकारी, रेशम अधिकारी र विनेश श्रेष्ठ रहेका छन्। काठमाडौं फोटोग्राफर संघको विधान अनुसार नवनिर्वाचित कार्यसमितिको कार्यकाल २वर्षको कायम रहनेछ।

    अध्यक्षमा चयन भएपछि आनन्द प्रभाकर घिमिरेले संक्षिप्त प्रतिक्रिया दिदै आफ्नो कार्यकालमा संस्थामा आवद्ध फोटोग्राफर साथीहरुले गर्व गर्न लायक काम गर्ने बताउनुभयो।मेरो कार्यकालमा फोटोग्राफर साथीहरुलाई नयाँ प्रविधिमैत्री बनाउन समयसापेक्ष तालिम प्रदान गर्ने, राज्यले प्रदान गर्ने व्यावसायिक हितमा फोटोग्राफरहरूको हक अधिकार र सम्मानित पेसाको रूपमा अगाडि बढाउन पहल गर्ने बताउनुभयो।त्यसैगरी संस्थामा आबद्ध फोटोग्राफरहरूको सामूहिक बीमा गर्ने प्रतिबद्धता, आफैले सुरु गरेको केपीएवेडिङ फोटोग्राफर अवार्डलाई निरन्तरता दिने, नेपालमा फोटोग्राफीसम्बन्धी एक्स्पो गर्न पहल गर्ने, फोटोग्राफरहरूको क्षमतालाई आधिकारिकता प्रदान गर्न सरकारी निकाय सिटिइभिटिबाट फोटोग्राफरहरूको स्किलटेस्ट (सिपपरीक्षण) गर्ने प्रक्रियालाई पूर्णता दिने जस्ता फोटोग्राफरको हकहितमा काम गर्ने बताउनुभयो।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend