images

२०८३ आश्विन १६ गते

images
images
images
  • स्वास्थ्य
  • गजेन्द्रनारायण सिंंह अस्पतालमा आकस्मिक बाहेक...

गजेन्द्रनारायण सिंंह अस्पतालमा आकस्मिक बाहेक सबै सेवा बन्द

गजेन्द्रनारायण सिंंह अस्पतालमा आकस्मिक बाहेक सबै सेवा बन्द

images
images
सोमवार, कार्तिक २४ २०८२
सोमवार, कार्तिक २४ २०८२
  • भारदह (सप्तरी), कात्तिक २४ गते । राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंंह अस्पतालमा तोडफोड, आगजनी र अस्पतालका चिकित्सक माथि हातपात भएपछि अस्पतालको आकस्मिक बाहेक सबै सेवा बन्द भएको छ ।अस्पतालको एनआइसियू वार्डमा आइतबार उपचार भइरहेको नवजात शिशु माथि विद्युत् सर्टभई बलिरहेको चिम खस्दा शिशु गम्भीर घाइते भएपछि आक्रोसित आफन्तले अस्पताल तोडफोड र आगजनी गरी अस्पतालका निमित्त मेसु दिलिप साहमाथि हातपात गरेको विरोधमा अस्पतालले आइतबार राति एक सुचना जारी गरी सुरक्षाको प्रत्याभूति र दोषीलाई कारबाही नगरेसम्म आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको थियोे ।

    images
    images

    अस्पतालको आकस्मिक सेवा बाहेक सबै सेवा बन्द भएपछि अस्पतालका उपचारार्थ बिरामीले सास्ती भोग्नुपरेको छ । आइतबार साँझ एनआइसियूमा चिम (बल्ब) झरेर आइतबारै जन्म भई बेलुकी अस्पतालमा भर्ना रहेका रूपनी गाउँपालिकाका हर्दियाका राम यादवका छोरा गम्भीर घाइते भएका थिए । चीम खसेर घाइते भएको शिशुलाई उपचारका लागि विराटनगर लगिएको शिशुका बाबु राम यादवले बताउनुभयो । उहाँले भन्नुभयो, शिशुको एनआइसियूमा उपचार भइरहदा शय्या जलेर शिशुलाई पोलुन्जेल उपचारमा संलग्न नर्स के गर्दै थियोे ?केही घण्टा अगाडि जन्मिएको त्यसरी त्यति घाइते कसरी भयो ? उपचारमा संलग्न नर्सले तत्कालै ध्यान दिएको भए शिशु यति घाइते हुने थिएन ।

    यता पीडित परिवारले शिशुको उपचारका सम्पूर्ण खर्च अस्पतालले बेहाेर्नुपर्ने, घटनाका सम्पूर्ण जिम्मेवारी अस्पतालले लिनुपर्ने माँग गर्दै आएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend