काठमाडौं,२४ गते कार्तिक । स्थानीय बजारमा सुकेको प्याजको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार सुकेको प्याजको भाउ घटेको देखाएको हो ।समितिको तथ्यांक अनुसार आज सोमबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ३४ देखि अधिकतम ३८ रुपैयाँमा किनबेच भइरहेको छ । औसत मूल्य भने ३६ रुपैयाँ कायम छ ।
हिजो आइतबार प्याज प्रतिकिलो थोकमा न्यूनतम ३७ देखि अधिकतम ३९ रुपैयाँमा किनबेच भएको थियो ।दुई महिनाअघि सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ४५ देखि अधिकतम ४७ रुपैयाँमा किनबेच भएको थियो ।आपूर्तिका आधारमा प्याजको भाउ घटबढ हुन्छ । प्याजको मूल्य थोरै मात्रामा मात्रै घटबढ हुने व्यवसायीहरू बताउँछन् । अहिले बजारमा भारतीय प्याज मात्रै किन्न पाइन्छ ।




.gif)



