images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • काठमाडौँ महानगर र नेपाल टेलिकमबीच सीसीटिभी...

काठमाडौँ महानगर र नेपाल टेलिकमबीच सीसीटिभी नेटवर्क सञ्चालनका लागि सम्झौता

काठमाडौँ महानगर र नेपाल टेलिकमबीच सीसीटिभी नेटवर्क सञ्चालनका लागि सम्झौता

images
images
शनिवार, कार्तिक २२ २०८२
शनिवार, कार्तिक २२ २०८२
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र जडान हुने सीसीटिभी क्यामराका लागि आवश्यक नेटवर्क सुविधा उपलब्ध गराउन नेपाल टेलिकमसँग सम्झौता गरेको छ ।

    images
    images

    शुक्रबार काठमाडौँ प्लाजामा आयोजित कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र टेलिकम वागमती प्रादेशिक कार्यालयका निर्देशक इन्दल यादवले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

    सम्झौता अनुसार टेलिकमले अप्टिकल फाइबर नेटवर्क तथा एफटीटीएच (फाइबर टु द होम) मार्फत महानगर र वडा कार्यालयहरूका सीसीटिभी क्यामराका लागि लोकल इन्ट्रानेट सेवा उपलब्ध गराउनेछ । साथै, नियमित मर्मत सम्भार, आकस्मिक क्षतिपछि पुनःस्थापना, प्राविधिक सहायता, नेटवर्क निगरानी र उच्च गतिको व्याण्डविथ आपूर्ति गर्ने जिम्मेवारी पनि टेलिकमले लिनेछ ।

    images
    images

    सीसीटिभी क्यामरा, राउटर लगायतका उपकरणहरूको व्यवस्था महानगरपालिकाले गर्नेछ भने टेलिकमले निगरानी कक्ष (सर्भेलेन्स रुम) मा दृश्यहरू पु¥याउने व्यवस्था मिलाउनेछ ।

    सम्झौता कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले प्रविधिको प्रयोगबाट काठमाडौँलाई सुरक्षित र स्मार्ट सहर बनाउने लक्ष्यका साथ सहकार्य अघि बढेको बताए । सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालका अनुसार, टेलिकमसँगको सञ्जालका कारण महानगरले तत्काल विद्यमान सीसीटिभी दृश्यहरू पनि प्राप्त गर्न सक्नेछ ।

    यो सहकार्य काठमाडौँलाई स्वचालित, सुरक्षित र व्यवस्थित बनाउन प्रविधि आधारित प्रणाली विकास र विस्तारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend