काठमाडौं । स्थानीय बजारमा घिउसिमीको भाउ बढेको छ ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज बिहीबार घिउसिमीको थोक मूल्य बढेको हो ।
आज घिउसिमीको भाउ प्रतिकिलो थोकमा २० रुपैयाँ बढेको छ ।हिजो बुधबार घिउसिमी लोकल र घिउसिमी हाइब्रिड प्रतिकिलो ७५ रुपैयाँमा किनबेच भएको थियो । आज बिहीबार भने दुवै सिमी प्रतिकिलो ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।
एक साता अवधिमा घिउसिमीको औसत भाउ प्रतिकिलो १८ प्रतिशतसम्म बढेको छ । एक साताअघि घिउ सिमी प्रतिकिलो ८० देखि ८५ रुपैयाँसम्म किनबेच भएको थियो ।




.gif)





