images

२०८३ आश्विन २० गते

images
images
images

कृषि विकास बैंकको १३ प्रतिशत लाभांश घोषणा

कृषि विकास बैंकको १३ प्रतिशत लाभांश घोषणा

images
images
बिहिवार, कार्तिक २० २०८२
बिहिवार, कार्तिक २० २०८२
  • काठमाडौं । कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।कम्पनी सचिव हिमलाल पौडेलका अनुसार बैंकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमध्ये ३.२५ प्रतिशत बोनस शेयर र ९.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ ।

    images
    images

    बुधवार बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको थियो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउँछन् ।

    त्यस्तै, बैंक सञ्चालक समितिको बैठकले सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशतले हुन आउने नगद लाभांश रकम समेत प्रदान गर्ने निर्णय गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend