images

२०८३ आश्विन १९ गते

images
images
images

२८ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

२८ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

images
images
बिहिवार, कार्तिक २० २०८२
बिहिवार, कार्तिक २० २०८२
  • काठमाडौँ ।  नेपाल सरकारले आज र भोलि छ महिनादेखि ११ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल मात्र र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुलसँगै जुकाको औषधि खुवाउने भएको छ। हरेक वर्ष कात्तिक २ र ३ तथा वैशाख ६ र ७ गते यो कार्यक्रम  हुँदै आएको  भएपनि यस वर्ष कात्तिक २ र ३ गते तिहार परेको हुदाँ कार्यक्रम सारिएको हो।  

    images
    images

    देशका ७५३ स्थानीय तहमै पाँच वर्षमुनिका करिब २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ र करिब ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य राखिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ।  यस अभियानका लागि ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार जना स्वास्थ्यकर्मी परिचालन गरिँदै छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend