images

२०८३ आश्विन १९ गते

images
images
images
  • स्वास्थ्य
  • स्वास्थ्यमा सरुवा: इपिडिमियोलोजीमा डा न्यौपाने, डा...

स्वास्थ्यमा सरुवा: इपिडिमियोलोजीमा डा न्यौपाने, डा झा कोशीमा

स्वास्थ्यमा सरुवा: इपिडिमियोलोजीमा डा न्यौपाने, डा झा कोशीमा

images
images
बुधवार, कार्तिक १९ २०८२
बुधवार, कार्तिक १९ २०८२
  • काठमाडौं ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायका कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको प्रमुखमा डा रोशन न्यौपानेलाई जिम्मेवारी दिएको छ।महाशाखाका प्रमुख डा चन्द्रभाल झाको कोशी अस्पतालमा सरुवा भएको छ। डा झालाई कोशी अस्पतालको निर्देशकको जिम्मेवारी दिइएको छैन। अस्पताल निर्देशकमा डा रुना झा रहेकी छिन्। 

    images
    images

    मन्त्रालयले मंगलबार मन्त्रिस्तरिय निर्णय अनुसार उनीहरुको सरुवा गरेको हो।मंगलबार नै डा. मदनकुमार उपाध्यायलाई स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको निर्देशक पदमा जिम्मेवारी दिइएको छ। यसअघि उक्त महाशाखाको नेतृत्वमा रहेका डा विवेक लाल निलम्बन परेपछि खाली थियो।मन्त्रालयले डा. राधिका थपलियालाई राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको निर्देशकको जिम्मेवारी दिएको छ। उनी यसअघि कोशी प्रदेशको स्वास्थ्य सचिव रहेकी थिइन्। केन्द्रका निर्देशक डा. केशवराज पण्डितलाई मन्त्रालयले स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखामा सरुवा गरेको छ।

    व्यवस्थापन महाशाखामा रहेका डा. पवनजंग रायमाझीलाई मन्त्रालयले उपचारात्मक सेवा महाशाखाको निर्देशक बनाएको छ। यो पद डा. सुधा देवकोटा डडेल्धुरा अस्पतालमा निर्देशक बनेर गएपछि चार महिनादेखि रिक्त थियो।त्यस्तै, नारायणी अस्पतालका निर्देशक डा. चुमनलाल दासलाई पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend