images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्धको सूचीमा रेडिट...

अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्धको सूचीमा रेडिट पनि थपियो

अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्धको सूचीमा रेडिट पनि थपियो

images
images
बुधवार, कार्तिक १९ २०८२
बुधवार, कार्तिक १९ २०८२
  • क्यानबेरा । अस्ट्रेलियामा आगामी महिनादेखि १६ वर्ष भन्दा कम उमेरका बालबालिकामाझ सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध सुरु हुँदै छ । फेसबुक, एक्स, स्न्यापच्याट, टिकटक, यट्यूब, इन्ष्टाग्रामलगायत आठ सामाजिक सञ्जाल यो प्रतिबन्धको सूचीमा थिए । अब भने रेडिटलाई पनि प्रतिबन्धित सामाजिक सञ्जालको सूचिमा थपिएको छ ।

    images
    images

     डिसेम्बर १० देखि १६ वर्षभन्दा कम उमेरका बालबालिकाको विद्यमान सामाजिक सञ्जाल खाता निष्क्रिय बनाउन सो कदम नचालेमा प्रविधि कम्पनीहरूले ३ करोड ३५ लाख डलरसम्मको जरिवाना तिर्नु पर्ने हुन सक्नेछ । सरकारले यो सूचीमा विस्तारै अरू साइटहरूको नाम थप्ने बताइरहेको छ ।बालबालिकाहरूलाई सामाजिक सञ्जालका खाताहरूमा ढिलो पहुँच दिँदा उनीहरूले शक्तिशाली, अदृश्य र अपारदर्शी एल्गोरिदम र अन्तहीन स्क्रोल जस्ता हानिकारक र भ्रामक शक्तिहरूबाट मुक्त भएर सिक्न र हुर्कन बहुमूल्य समय पाउने अस्ट्रेलियाकी ईसेफ्टी कमिश्नर जूली इनम्यान ग्रान्टले बताएकी छिन् ।

    प्रतिबन्धको सूचीमा डिस्कर्ड र व्हाट्सएप र लेगो प्ले, रोब्लोक्सजस्ता गेमिङ प्लेटफर्महरूलाई राखिने छैन । गुगल क्लासरूम र युट्युब किड्स पनि प्रतिबन्धमा पर्ने छैन । अनलाइन प्लेटफर्महरूले बालबालिकाहरूलाई लक्षित गर्न सक्ने भएकोले उनीहरूको सुरक्षाकै लागि यो प्रतिबन्ध ल्याइएको सङ्घीय सञ्चार मन्त्री अनिका वेल्सले भनिन् । कम्पनीहरूले यो प्रतिबन्ध कसरी लागू गर्नेछन् भन्ने स्पष्ट छैन । तर आलोचकहरूले डेटा गोपनीयता र उमेर प्रमाणीकरण सफ्टवेयरको शुद्धतामा चिन्ता व्यक्त गरेका छन्, हालैको रिपोर्टले प्रस्तावित विधिहरूमा जोखिम वा कमजोरीहरू छन् भनेर देखाएको थियो ।  

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend