काठमाडौं । बजारमा गुन्द्रुकको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार मंगलबार गुन्द्रुक प्रतिकिलो थोकमा न्यूनतम २ सय ५० देखि अधिकतम ३ सय ८० र औसत ३ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।हिजो सोमबार भने गुन्द्रुक प्रतिकिलो न्यूनतम २ सय ५० देखि अधिकतम ३ सय र औसत २ सय ७६ रुपैयाँमा किनबेच भएको थियो । सोमबारको तुलनामा आज मंगलबार गुन्द्रुकको प्रतिकिलो औसत मूल्य ३४ रुपैयाँ बढेको हो ।
व्यवसायीका अनुसार कालीमाटी बजारमा पहाडी जिल्लाबाट बढी मात्रामा गुन्द्रुक आउने गर्छ । यहाँका व्यापारीले काभ्रे, धादिङ, नुवाकोट, इलाम, पोखरा लगायत ठाउँबाट ल्याएर गुन्द्रुक बेच्ने गरेका छन् ।विगतमा खासै वास्ता नगरिने गुन्द्रुक अहिले साना पसलदेखि ठूला डिपार्टमेन्टल स्टोर र मार्टमा प्याकेजिङ र लेबल सहित बिक्री भइरहेका छन् । त्यसमाथि अनलाइन सपिङ प्ल्याटफर्ममा पनि दर्जनौं ‘भेराइटी’ का गुन्द्रुक अर्डर गर्न पाइन्छ ।




.gif)



