images

२०८३ आश्विन १९ गते

images
images
images

रुकुमपूर्व पुथाउत्तरगङ्गामा गर्भवती बिरामीकाे हेलिकोप्टरबाट उद्धार

रुकुमपूर्व पुथाउत्तरगङ्गामा गर्भवती बिरामीकाे हेलिकोप्टरबाट उद्धार

images
images
मंगलवार, कार्तिक १८ २०८२
मंगलवार, कार्तिक १८ २०८२
  • रुकुमपूर्व ।  रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोटबाट गर्भवती बिरामीलाई हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । आज र बिहान पौने १० बजे मैकोटकी १५ वर्षीय गर्भवती बिरामीलाई हेलिकोप्टर मार्फत उद्धार गरिएको हो ।गर्भवती किशोरीलाई ज्वरोले च्यापेपछि मङ्गलबार बिहान ४ बजे स्वास्थ्य चौकी मैकोटमा ल्याइएको थियो । स्वास्थ्य चौकी मैकोटका स्वास्थ्यकर्मीले चेकजाँच गर्दा बिरामीको अवस्था जटिल अवस्थाको भएपछि हेलिकोप्टर मार्फत रिफरका लागि प्रमुख जिल्ला अधिकारी लगायतलाई जानकारी गरिएको पुथाउत्तरगङ्गा गाउँपालिका स्वास्थ्य शाखाका सह–संयोजक कलिभान विष्टले जानकारी दिए ।

    images
    images

     बच्चा जन्मिने समय मङ्सिर महिना रहेको विष्टले बताए । बिरामीको धेरै पेट देख्ने, काम्ने र बेहोस हुने लक्षण देखा परिराखेको विष्टले बताए । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टर मार्फत मैकोट देखि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको पुथाउत्तरगङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव विकले जानकारी दिए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend