images

२०८३ आश्विन १७ गते

images
images
images
  • कृषि
  • कृषि थोक बजार बिर्तामोडबाट एक महिनामा...

कृषि थोक बजार बिर्तामोडबाट एक महिनामा १ करोड ५ लाखभन्दा बढीको केरा बिक्री

कृषि थोक बजार बिर्तामोडबाट एक महिनामा १ करोड ५ लाखभन्दा बढीको केरा बिक्री

images
images
सोमवार, कार्तिक १७ २०८२
सोमवार, कार्तिक १७ २०८२
  • झापा । कात्तिक, बिर्तामोडस्थित कृषि थोक बजारबाट गत एक महिनाको अवधिमा १ करोड ५ लाख ९० हजार ८ सय रुपैयाँ बराबरको केरा बिक्री भएको छ। इलामको दानाबारी, महमाई र झापाको खुदुनाबारी, शनिश्चरे, मेचीनगर, भद्रपुर लगायत क्षेत्रका किसानहरूले आफ्ना उत्पादन यही बजार मार्फत बिक्री गर्ने गरेका छन्।

    images
    images

    कृषि बजार व्यवस्थापन समितिकी तथ्याङ्क सहायक अधिकृत माया राजवंशीका अनुसार, दसैँ, तिहार र छठ पर्वको अवसरमा १९ हजार २५६ घरी केरा औसतमा प्रतिघरी ५५० रुपैयाँका दरले बिक्री भएको हो। असोज १० गतेदेखि कात्तिक १२ गतेसम्मको अवधिमा उक्त कारोबार भएको राजवंशीले बताउनुभयो।

    राजवंशीका अनुसार, यो बजारबाट विराटनगर, जनकपुर, काठमाडौँ लगायत स्थानमा मालभोक, भण्डारी, जाहजी र चिनीचम्पा जातका केरा न्यूनतम ३०० देखि अधिकतम ८०० रुपैयाँ प्रतिघरी दरमा पठाइने गरेको छ। उहाँका अनुसार दसैँ र तिहारभन्दा छठ पर्वमा केराको बिक्री बढी भएको हो।

    images
    images

    यो थोक बजार अहिले पूर्वी नेपालको ठूलो कृषि व्यापारिक केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। यहाँ ताप्लेजुङ, पाँचथर, इलाम लगायतका पहाडी जिल्लाबाट ल्याइने कृषिजन्य वस्तुको विषादी मापन गर्ने प्रयोगशाला समेत सञ्चालनमा छ। राजवंशीका अनुसार, बजारमा आउने फलफूल र तरकारीको विषादी परीक्षणपछि मात्र बिक्रीका लागि पठाइने प्रबन्ध गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend