images

२०८३ आश्विन १९ गते

images
images
images

तनहुँमा दुई जनामा मलेरिया सङ्क्रमण

तनहुँमा दुई जनामा मलेरिया सङ्क्रमण

images
images
सोमवार, कार्तिक १७ २०८२
सोमवार, कार्तिक १७ २०८२
  • दमौली।  तनहुँमा दोस्रो व्यक्तिमा मलेरियाको सङ्क्रमण पुष्टि भएको छ । भानु नगरपालिका–११ का ३८ वर्षीय पुरुषमा मलेरियाको सङ्क्रमण पुष्टि भएको हो । शान्ति सेना गएर फर्किएका ती युवामा मलेरियाको सङ्क्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिए । 

    images
    images

    प्रदेश जनस्वास्थ्य कार्यालय, भानु नगरपालिका स्वास्थ्य शाखा, रूपाकोट स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले आइतबार समुदायस्तरमा पुगेर उक्त रोगको सक्रिय खोजपड्ताल कार्यक्रम सञ्चालन गरेको कँडेलले बताए। उनले भने, ‘शान्ति सेनाबाट फर्किएपश्चात् परीक्षण गर्दा मलेरियाको सङ्क्रमण पुष्टि भएको थियो । औषधि उपचारपश्चात् हाल उनी सन्चो हुनुभएको छ ।’ यसअघि गत साउन महिनामा बन्दीपुरका एक व्यक्तिमा मलेरियाको पहिलो सङ्क्रमण देखिएको थियो । 

    मलेरिया एनाफिलिज जातको लामखुट्टेको टोकाइबाट हुने रोग हो । ज्वरो आउनु, टाउको दुख्नु, धेरै थकान हुनु, पसिना धेरै आउनु यस रोगका लक्षण हुन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend