लस एञ्जलस । अमेरिकी गायिका ब्रिटनी स्पियर्सले आफ्नो इन्ष्टाग्राम खाता डिलिट गरेकी छिन् । हालैका दिनमा कयौँ क्रिप्टिक र इमोशनल पोस्ट सेयर गरिरहेकी उनले अचानक आफ्नो इन्स्टाग्राम खाता डिलिट गरेकी छिन् ।पिपलका अनुसार ब्रिटनी स्पियर्सको खाता नोभेम्बर २ मा डिलिट गरिएको थियो । फ्यानहरूले उनको प्रोफाइल हेर्न खोज्दा खाता नै इन्स्टाग्रामबाट हटाइएको फेला पारे । तर, गायिका र उनको टिमले इन्स्टाग्राम खाता डिलिट गरेको निर्णयमा आधिकारिक रूपमा टिप्पणी गरेका छैनन् ।
ब्रिटनी स्पियर्सले आफ्ना पूर्वपति केभिन फेडरलाइनको सम्झनामा धेरै पोस्टहरू सेयर गरेकी छिन् । केही दिनअघि गायिकाले क्याप्सनमा आफ्ना बच्चाहरू, जेडेन जेम्स र सीन प्रेस्टनलाई ट्याग गर्दै नृत्यको भिडियो सेयर गरेकी थिइन् ।गायिकाले यो पोस्टमा कमेन्ट बन्द गरेकी थिइन् । यसबाहेक पनि अक्टोबर ७ मा गायिकाले सामाजिक सञ्जालमा अर्को भिडियो सेयर गरेकी थिइन् ।
भिडियोमा उनको हातमा चोट लागेको देखिएको थियो भने हात र नाडीमा पट्टी बाँधिएको देखाइएको थियो । क्याप्सनमा उनले आफू साथीको घरमा सिँढीबाट खसेको लेखेकी थिइन् ।




.gif)





