images

२०८३ आश्विन २० गते

images
images
images

आज तेह्रथुम पावर कम्पनीको साधारणसभा बस्दै

आज तेह्रथुम पावर कम्पनीको साधारणसभा बस्दै

images
images
सोमवार, कार्तिक १७ २०८२
सोमवार, कार्तिक १७ २०८२
  • काठमाडौं। तेह्रथुम पावर कम्पनी लिमिटेडको आठौं वार्षिक साधारणसभा आज कात्तिक १७ गते काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा मध्यान्ह साढे १२ बजेबाट बस्दैछ।सभाले गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।

    images
    images

    त्यसैगरी नियमनकारी निकाय वा कार्यालयबाट कुनै विषयमा संशोधन, परिवर्तन तथा कुनै पनि किसिमको निर्देशन वा कैफियत प्राप्त भएमा सो समेतलाई मिलाई संशोधन वा परिवर्तन गर्ने लगायतका आवश्यक काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

    कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव भने समावेश गरेको छैन। सभा प्रयोजनार्थ कम्पनीले कात्तिक १२ गते एक दिन बुक क्लोज गरेकाले कात्तिक ११ गतेसम्म कायम सेयरधनीहरू यस सभामा भाग लिन सक्नेछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend