images

२०८३ आश्विन १८ गते

images
images
images
  • कर्पोरेट
  • शिखर इन्स्योरेन्स र इसेवाद्वारा ‘सहारा हेल्थ...

शिखर इन्स्योरेन्स र इसेवाद्वारा ‘सहारा हेल्थ इन्स्योरेन्स’ सार्वजनिक

शिखर इन्स्योरेन्स र इसेवाद्वारा ‘सहारा हेल्थ इन्स्योरेन्स’ सार्वजनिक

images
images
आइतवार, कार्तिक १६ २०८२
आइतवार, कार्तिक १६ २०८२
  • काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा र निर्जीवन बिमा कम्पनी शिखर इन्स्योरेन्सले सहकार्यमा नयाँ स्वास्थ्य बिमा योजना ‘सहारा हेल्थ इन्स्योरेन्स’ सार्वजनिक गरेका छन् ।यस बीमा योजना ५–६५ वर्ष उमेर समूहका नागरिकका लागि उपलब्ध छ र अस्पताल भर्ना, आकस्मिक उपचार, शल्यक्रिया, औषधोपचार, ल्याब परीक्षण तथा दुर्घटना उपचारजस्ता सुविधाहरू समेटिएको छ ।

    images
    images

    बिमा रकम विकल्प २ लाख, ३ लाख र ६ लाख रुपैयाँमा उपलब्ध छ भने प्रारम्भिक प्रिमियम १ हजार ३ सय ९९ बाट सुरु हुन्छ ।बिमितले नेपालभरका मान्यता प्राप्त अस्पतालमा उपचार गराउन सक्नेछन् र शिखर इन्स्योरेन्सका २६ नेटवर्क अस्पतालमा क्यासलेस सुविधा पनि प्राप्त हुनेछ । साथै, योजनाअन्तर्गत एक पटकको निःशुल्क टेलिहेल्थ सल्लाह सेवा पनि समावेश गरिएको छ ।

    ग्राहकले इसेवा एपमार्फत केही मिनेटमै यो बिमा खरिद गर्न सक्नेछन् र बीमा पोलिसी तुरुन्तै एसएमएस र इमेलमार्फत प्राप्त हुनेछ ।शुभारम्भ अवसरमा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले भने, ‘सहारा हेल्थ इन्स्योरेन्सले स्वास्थ्य बीमालाई अझ सुलभ, सरल र डिजिटल बनाउनेछ। यो बीमा डिजिटलाइजेशनतर्फको महत्वपूर्ण कदम हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend