काठमाडौँ । कात्तिक १६, वीरगन्ज भन्सार कार्यालयमा डाटाबेसमा आधारित भन्सार मूल्याङ्कन प्रणाली सञ्चालनमा आएको छ। शनिबार देखि लागू भएको उक्त प्रणालीको उद्घाटन अर्थमन्त्री रामेश्वर खनालले गरेका छन्।
यसअघि विराटनगर भन्सार कार्यालयमा परीक्षणका रूपमा सुरु गरिएको प्रणाली सफल भएपछि देशको सबैभन्दा ठूलो भन्सार कार्यालय वीरगन्जमा यसको सुरुवात गरिएको हो।
डाटाबेसमा आधारित मूल्याङ्कन प्रणाली लागू भएपछि वास्तविक आयात मूल्य र भन्सार मूल्याङ्कन बीच हुने भिन्नताका कारण व्यवसायीहरूले सामना गर्दै आएका लेखापरीक्षण सम्बन्धी समस्या समाधान हुने र भन्सार विन्दुमा हुने मूल्याङ्कनजन्य चुहावट नियन्त्रणमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
_44rkUKN4Al.jpg)




.gif)





