काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पिपुल्स पावर लिमिटेडको ५० प्रतिशत हकप्रद सेयर सूचिकृत गरिएको छ।
नेप्सेका अनुसार कम्पनीको ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर शुक्रबार सूचिकृत गरिएको हो। यससँगै कम्पनीको सेयर संख्यामा वृद्धि भएको छ।
सूचिकरण पश्चात् उक्त हकप्रद सेयरको कारोबार आगामी आइतबारदेखि सुरु हुने नेप्सेले जनाएको छ।
पिपुल्स पावर लिमिटेडले हालसालै आफ्ना शेयरधनीहरूलाई ५० प्रतिशत हकप्रद सेयर जारी गरेको थियो।




.gif)





