images

२०८३ आश्विन १७ गते

images
images
images
  • पूर्वाधार
  • नारायणगढ मुग्लिन सडक अवरुद्ध, अत्यावश्यक कामबाहेक...

नारायणगढ मुग्लिन सडक अवरुद्ध, अत्यावश्यक कामबाहेक यात्रा नगर्न स्थानीय प्रशासनको आग्रह

नारायणगढ मुग्लिन सडक अवरुद्ध, अत्यावश्यक कामबाहेक यात्रा नगर्न स्थानीय प्रशासनको आग्रह

images
images
शनिवार, कार्तिक १५ २०८२
शनिवार, कार्तिक १५ २०८२
  • काठमाडौँ । अविरल वर्षासँगै चितवनको नारायणगढ मुग्लिन र मुग्लिन मलेखु सडकखण्डमा पहिरोको उच्च जोखिम बढेपछि स्थानीय प्रशासनले अत्यावश्यक काम बाहेक यात्रा नगर्न आग्रह गरेको छ।

    images
    images

    जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार साँझ सूचना जारी गर्दै बिहीबार देखि निरन्तर खसिरहेका स साना पहिरोका कारण उक्त सडकमा यात्रा गर्दा जोखिम बढेको जनाएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार, तुइनभिर (नारायणगढ मुग्लिन) र विभिन्न ठाउँमा मुग्लिन मलेखु सडकखण्डमा पहिरो हटाएर सवारी सञ्चालन भइरहेको छ।

    अर्यालले भनेका छन्, “यो खण्ड उच्च जोखिममा छ, यात्रा गर्नैपरे सावधानी अपनाउनुपर्छ र सकभर यात्रा नगर्नुहोला। यदि अवस्था जटिल भयो भने कुनै पनि बेला सवारी आवागमन बन्द हुन सक्नेछ।”

    images
    images

    जिल्ला प्रशासनले यात्रुहरूलाई यात्रा गर्नुअघि जिल्ला प्रहरी कार्यालय (९८५५०१३९९९) र ट्राफिक प्रहरी कार्यालय (९८५५०१७०९९) मा जानकारी लिएर मात्रै यात्रा गर्न अनुरोध गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend