images

२०८३ आश्विन २२ गते

images
images
images
  • स्वास्थ्य
  • महामारीमा ल्याउने भनिएको १६ लाख कोरोना...

महामारीमा ल्याउने भनिएको १६ लाख कोरोना खोप बल्ल पुग्यो नेपाल

महामारीमा ल्याउने भनिएको १६ लाख कोरोना खोप बल्ल पुग्यो नेपाल

images
images
अर्थ समाचार
मंगलवार, आषाढ २५ २०८१
अर्थ समाचार
मंगलवार, आषाढ २५ २०८१
  • काठमाडौं-स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार चार सय ८० मात्रा खोप ल्याएको छ। कोरोना महामारीको समयमा ल्याउन भनिएको उक्त खोप बल्ल नेपाल आइपुगेको हो।

    images
    images

    स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा श्रवणकुमार थापाका फाइजरको ‘मनोभ्यालेन्ट’ नामक खोप ल्याउने गाभीसँगको पूर्ववत् सम्झौता अनुसार अनुदानमा ल्याइएको हो। 

    डा थापाका अनुसार तथा बालबालिकाहरुका लागि प्रयोग हुने दुवै प्रकारको खोप ल्याइएको हो।  '१२ वर्षभन्दा माथिका वयस्क तथा मुनिका व्यक्तिहरुलाई प्रयोग गर्न मिल्ने  १६ लाख एक हजार दुई सय ८० मात्रा खोप पूर्ववत् सम्झौता अनुसार ल्याइएको हो,'  उनले भने। 

    images
    images

    दुई चरणमा असार  १६ गते दुई लाख ७६ हजार चार सय ८० मात्रा, असार १७ गते दुई लाख ७० हजार सात सय २० मात्रा, असार १८ गते दुई लाख ७६ हजार चार सय ८० मात्रा, असार २० गते दुई लाख ७६ हजार चार सय ८० मात्रा, असार २१ गते दुई लाख ७० हजार सात सय २० मात्रा र असार २३ गते दुई लाख ३० हजार चार सय मात्रा खोप नेपाल ल्याइएको हो। 

    कोरोना महामारीको समयमा मन्त्रालयस्तरीय निर्णय गरिएपनि खोप ल्याउनमा भने ढिलाई भएको उनले स्वीकारेका छ न्। कोरोना अझै पनि छिटफुट रुपमा देखिने अवस्था छ, स्वास्थ्य सेवा विभाग तथा आपूर्ती व्यवस्थापन शाखाको समन्वयमा खोप तालिका सार्वजनिक गरिने छ।  

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend