images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • विमानस्थलमा नेपाल टेलिकमको फ्रि वाइ–फाइ,त्रिभुवन विमानस्थलबाट...

विमानस्थलमा नेपाल टेलिकमको फ्रि वाइ–फाइ,त्रिभुवन विमानस्थलबाट सुरू

विमानस्थलमा नेपाल टेलिकमको फ्रि वाइ–फाइ,त्रिभुवन विमानस्थलबाट सुरू

images
images
बुधवार, कार्तिक १२ २०८२
बुधवार, कार्तिक १२ २०८२
  • काठमाडौं ।नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशभर सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरुमा सर्वसाधारण यात्रु लक्षित फ्रि वाइ–फाइ इन्टरनेट सेवा दिन थालेको छ ।टेलिकमले कार्तिक ११ गतेदेखि मंगलवारदेखि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यो सेवाको शुभारम्भ गरेको छ ।

    images
    images

    नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रवन्ध निर्देशक सविना मास्के तथा विमानस्थलका महाप्रवन्धक हंशराज पाण्डेले प्रथम चरणमा विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा वाइ–फाइ इन्टरनेट सेवाको शुभारम्भ गरे ।उक्त फ्रि वाइ–फाइ इन्टरनेट सेवाको कभरेज विमानस्थलको आगमन, प्रस्थान, भिआईपी लाउञ्ज तथा प्रतिक्षास्थल लगायतका क्षेत्रहरुमा रहेको छ ।

    देशभर सञ्चालनमा रहेका तीन वटा अन्तराष्ट्रिय विमानस्थल तथा ३४ वटा आन्तरिक विमानस्थलहरुमा सर्वसाधारण यात्रुलक्षित फ्रि इन्टरनेट सेवा सञ्चालन गर्न नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच भएको सम्झौताबमोजिम यो कार्यक्रमको शुभारम्भ गरिएको हो ।सेवाको Coverage रहेको स्थानमा SSID ‘NT-CAAN Free WiFi’ भएको Wi-Fi मा Connect गरेर निर्देशन पूरा गरी नि:शुल्क इन्टरनेट सेवा प्रयोग गर्न सकिन्छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend