काठमाडौं । कुमारी बैंकले विगतका वर्षहरूमा संकलन गर्दै आएको शैक्षिक छात्रवृत्ति रकम निवर्तमान कुमारी तृष्णा शाक्यलाई हस्तान्तरण गरेको छ ।बैंकले जीवित देवीको रूपमा पुजिने कुमारीको शैक्षिक प्रयोजनका लागि उनको कार्यकाल सुरु भएको वर्षदेखि हरेक वर्ष एक लाख रुपैयाँका दरले छात्रवृत्तिस्वरूप एक कोष खडा गरेको थियो ।
यस छात्रवृत्तिको उद्देश्य कुमारीको कार्यकाल समाप्ति पश्चात् उनको आगामी शैक्षिक यात्रामा सहयोग पुर्याउनु रहेको बैंकले जनाएको छ ।सोही परम्परालाई निरन्तरता दिँदै बैंकले कोषमा जम्मा भएको कुल रकम सात लाख ३८ हजार ८११ रुपैयाँ छात्रवृत्तिस्वरूप निवर्तमान कुमारीलाई हस्तान्तरण गरेको छ ।कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा कार्यालय, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखारहित बैंकिङ इकाइ र ३१७ एटीएममार्फत सेवा दिँदै आएको छ ।




.gif)



