images

२०८३ आश्विन १६ गते

images
images
images

चाडपर्वमा सुपथ मूल्य पसलबाट ३० करोडको कारोबार

चाडपर्वमा सुपथ मूल्य पसलबाट ३० करोडको कारोबार

images
images
बुधवार, कार्तिक १२ २०८२
बुधवार, कार्तिक १२ २०८२
  • काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्वका लागि सञ्चालन गरेको सुपथ मूल्य पसल आगामी २ माघसम्म निरन्तरता दिने भएको छ ।खाद्यले दसैं, तिहार र छठ पर्व लक्षित गरी ३० भदौदेखि १० कात्तिकसम्म सुपथ मूल्य पसल सञ्चालन गरेको थियो ।कम्पनीका बिक्री शाखा प्रमुख भीमबहादुर थापाले वर्षभरि सुपथ मूल्य पसल सञ्चालन गर्ने सरकारको महत्त्वाकांक्षा ध्यानमा राख्दै हाल यो योजनालाई निरन्तरता दिन लागिएको बताए ।

    images
    images

    सुपथ मूल्य पसल सञ्चालन र व्यवस्थापनका लागि २ करोड ५२ लाख रुपैयाँ बजेट स्वीकृत गरिएकोमा कम्पनीसँग अझै १ करोड ३३ लाख ३६ हजार बजेट बाँकी छ ।यही बजेटका आधारमा कम्पनीले २ माघसम्म सहुलियत पसल सञ्चालन गर्ने भएको कम्पनीका बिक्री शाखा प्रमुख थापाले जानकारी दिए ।थापाका अनुसार यस वर्ष चाडपर्व लक्षित सुपथ मूल्य पसलबाट २० करोड ६० लाख ६३ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ । बिक्री भएका सामानमध्ये चामल र तेलको माग उच्च थियो ।

    थापाले ५० हजार ८ सय ११ लिटर तेल बिक्री हुँदा चामलको बिक्री पनि उल्लेख्य मात्रामा भएको बताए । यस अवधिमा १६ हजार ८ सय २६ क्विन्टल चामल बिक्री भएको छ भने १ सय ५२ क्विन्टल दाल बिक्री भएको छ ।खाद्यका यी सुपथ मूल्य पसलमा सबै प्रकारका चामल, गहुँ, दाल र गेडागुडीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइएको थियो । यस्तै बासमती र मार्सी चामलमा किलोको १० रुपैयाँ छुट दिँदा खाने तेल (तोरी, सनफ्लावर, भटमास), आटा, पिठो, चिउरा र मैदामा किलोको ७ रुपैयाँ छुट दिइएको थियो ।बिक्री विभाग प्रमुख थापाले यस वर्ष सार्वजनिक बिदा धेरै परेका कारण उपभोक्तालाई खरिद गर्न पर्याप्त समय नमिलेको बताए । विशेषगरी काठमाडौं उपत्यकामा बिदाका दिनमा पनि पसल सञ्चालन गरिए पनि उपभोक्ताहरूमा सरकारी कार्यालय बन्द हुन्छन् भन्ने धारणाले गर्दा केही हदसम्म बिक्रीमा असर परेको उनको भनाइ छ ।

    images
    images

    यद्यपि, समग्रमा २० करोड रुपैयाँभन्दा बढीको कारोबार हुनु सन्तोषजनक रहेको थापाले उल्लेख गरे ।यसैगरी साल्ट ट्रेडिङ कर्पोरेसनले उपत्यका सहित देशभरिका ४२ स्थानमा सञ्चालनमा रहेका सुपथ मूल्य पसल १० कात्तिकदेखि बन्द गरेको छ ।कर्पोरेसनले बागमती प्रदेशमा १४ स्थायी पसल र तीन वटा मोबाइल भ्यान सहित कुल १७ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गरेको थियो ।कर्पोरेसनका बजार प्रबन्धक प्रज्ज्वल प्रधानका अनुसार यस अवधिमा कर्पोरेसनले ९ करोड ४५ लाख रुपैयाँ बराबर कारोबार गरेको छ ।सुपथ मूल्य पसलमा चिनी, नुन, खानेतेल, चामल, गेडागुडी, चिउरा, आटा, मैदा, पिठो र घिउ लगायत सामग्रीमा उपभोक्ताले सहुलियत प्राप्त गरेका थिए । सरकारले तोकेको सहुलियत दरमा यी वस्तुको अत्यधिक बिक्री भएको प्रधानले बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend