images

२०८३ आश्विन १९ गते

images
images
images
  • कृषि
  • मुगु खाद्य सुपथ मूल्य पसलबाट एक...

मुगु खाद्य सुपथ मूल्य पसलबाट एक हजार ४८० क्विन्टल चामल बिक्री

मुगु खाद्य सुपथ मूल्य पसलबाट एक हजार ४८० क्विन्टल चामल बिक्री

images
images
बुधवार, कार्तिक १२ २०८२
बुधवार, कार्तिक १२ २०८२
  • मुगु । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा मुगुले सुपथ मूल्य पसलबाट एक हजार ४८० क्विन्टल चामल बिक्री गरेको छ । गएको भदौ ३० गतेदेखि सञ्चालनमा आएको पसलबाट कम्पनीले असोज ३१ गतेसम्म झण्डै एक हजार ४८० क्विन्टल चामल बिक्री गरेको हो ।

    images
    images

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुका प्रमुख केशव गिरीका अनुसार केन्द्रीय कार्यालयको निर्देशन अनुसार सुपथ मूल्य पसल भदौ महिनादेखि कात्तिक १० गतेसम्म सञ्चालन हुने जानकारी दिनुभयो । सुपथ पसलबाट खाद्यान्न देखि तेल चिनी सम्म बिक्री हुनेगरेको छ । उहाँले भन्नुभयो, “खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुगुको निर्णय अनुसार जिल्लाको दुई वटा डिपो कार्यालयबाट दुई हजार एक सय क्विन्टल चामल बिक्री गर्ने लक्ष्य रहेको छ।

    भदौ देखि असोज महिनाको अन्तिम सम्म एक हजार ४८० क्विन्टल बिक्री भएको छ। कार्यालयको तथ्याङ्क अनुसार जिल्लाको खत्याड गाउँपालिकाको श्रीकोट डिपोबाट अरुवा मोटा, स्टिम जिरा चामल गरि तीन सय ६३.५० क्विन्टल चामल बिक्री भएको छ । त्यसै गरी जिल्लाको शाखा कार्यालयबाट एक हजार १५२.६९ क्विन्टल चामल बिक्री भएको कार्यालयले जानकारी दिएको छ।

    images
    images

    छायानथ रारा नगरपालिका, मुगुमकार्मारिङ गाउँपालिका, सोरु गाउँपालिका र छिमेकी जिल्ला हुम्ला र जुम्लाभित्रका उपभोक्ताहरू सबैभन्दा बढी चामल लिन आएको कार्यालय प्रमुख गरीको भनाइ रहेको छ ।खाद्य कार्यालय बाट दैनिक ९० क्विन्टलसम्म चामल बिक्री भइरहेको छ । बजारको तुलनामा सस्तो र गुणस्तरीय चामल पाउने भएकाले उपभोक्ताको आकर्षण बढेको गिरीले बताउनुभयो ।यस वर्ष मुगुका लागि दुई हजार एकसय क्विन्टल चामल कोटा तोकिएकोमा सुपथ चामल अब छ सय २० क्विन्टल चामल मौज्दात रहेको छ। तिहारसम्म चामल अभाव हुने छैन । कार्यालय प्रमुखका अनुसार उपभोक्ताले खरिद गर्न सक्ने बताउनुभयो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend