images

२०८३ आश्विन १९ गते

images
images
images
  • कृषि
  • खाद्य कम्पनीद्वारा कैलालीमा धान खरिद सुरु,...

खाद्य कम्पनीद्वारा कैलालीमा धान खरिद सुरु, किसानलाई राहत

खाद्य कम्पनीद्वारा कैलालीमा धान खरिद सुरु, किसानलाई राहत

images
images
बुधवार, कार्तिक १२ २०८२
बुधवार, कार्तिक १२ २०८२
  •  कैलाली । सस्तो मूल्यमा व्यापारीलाई धान बेच्न बाध्य भएका कैलालीका किसानलाई केही राहत हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुदूरपश्चिम प्रादेशिक कार्यालयले धान खरिद सुरु गरेसँगै किसानले समर्थन मूल्य पाउने भएका हुन् ।प्रादेशिक कार्यालयका प्रमुख दीपक थापाका अनुसार धान खरिदका लागि केन्द्रबाट परिपत्र आइसहेको छ । ‘आज मात्रै केन्द्रबाट कोटा निर्धारण भएर धान खरिदका लागि परिपत्र आएको छ,’ कार्यालय प्रमुख थापाले भने, ‘आजै जिल्ला प्रशासनमा बैठक गरेर बुधबारदेखि खरिद सुरु गर्ने निर्णय भएको छ ।’

    images
    images

    कार्यालय प्रमुख थापाका अनुसार पहिलो चरणमा भन्दै कैलालीका लागि ३५ हजार क्विन्टल धान खरिदको कोटा निर्धारण गरेर केन्द्रबाट पठाइएको छ । ‘प्रारम्भिक रुपमा ३५ हजार क्विन्टलको कोटा तोकिएको छ, यो कोटा बढ्ने देखिन्छ,’ थापाले भने ।गत वर्ष धान खरिदका लागि कैलालीमा ५५ हजार क्विन्टलको कोटा निर्धारण गरिएको थियो । खाद्यले खरिद सुरु गर्नुअघि नै किसानले धान बिक्री गरिसकेको हुँदा ३४ हजार क्विन्टल मात्रै खरिद गरिएको थियो ।

    कार्यालय प्रमुख थापाले कैलालीका ६ ठाउँबाट धान खरिद भइरहेको जानकारी दिए । टीकापुर, सत्ती, भजनी, जोशीपुर, गौरीगंगा र मोहनपुर केन्द्रबाट धान खरिद भइरहेको कार्यालय प्रमुख थापाले बताए । ‘नेपाल सरकारले यस वर्ष मोटो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ४६३.८१ रुपैयाँ तोकेको छ,’ थापाले भने, ‘सोही मूल्यमा धान खरिद सुरु गरेका छौँ ।’ एक किसानबाट बढीमा ५० क्विन्टल मात्रै धान खरिद गर्ने र धानको मूल्य बैंक खतामार्फत भुक्तानी गरिने खाद्यले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend