images

२०८३ आश्विन १६ गते

images
images
images
  • स्वास्थ्य
  • नयाँ मेसिन थपिएपछि भेरी अस्पतालमा दैनिक...

नयाँ मेसिन थपिएपछि भेरी अस्पतालमा दैनिक करिब ३० जनाको निःशुल्क डायलासिस सेवा सञ्चालन

नयाँ मेसिन थपिएपछि भेरी अस्पतालमा दैनिक करिब ३० जनाको निःशुल्क डायलासिस सेवा सञ्चालन

images
images
बुधवार, कार्तिक १२ २०८२
बुधवार, कार्तिक १२ २०८२
  • नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जमा चार वटा नयाँ डायलासिस मेसिन थपिएका छन्। यससँगै अस्पतालमा डायलासिस मेसिनको संख्या १२ पुगेको छ। तीमध्ये दुईवटा मेसिन सेरोपोजिटिभ अर्थात् हेपाटाइटिस र एचआईभी संक्रमितका लागि छुट्याइएका छन्।

    images
    images

    अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदीका अनुसार नयाँ मेसिन थपिएपछि अहिले दैनिक करिब ३० जनाको डायलासिस सेवा सञ्चालन भइरहेको छ। अस्पतालमा दिनभर तीन सिफ्टमा डायलासिस भइरहेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीनवटा र अस्पतालले आफ्नै स्रोतबाट एउटा मेसिन जोडेर चारवटा मेसिन थपिएको हो। डा.सुवेदीका अनुसार अब एकवटा मेसिन थपेर इमरजेन्सी र आइसियुका बिरामीका लागि छुट्याउने योजना रहेको छ।

    images
    images

    मिर्गौला पीडितका लागि भेरी अस्पतालमा निःशुल्क डायलासिस हुने भएकाले सेवा लिन आउनेको चाप बढ्दो छ। निजी अस्पतालमा एक पटक डायलासिस गर्न करिब पाँच हजार रुपैयाँ तिर्नु पर्ने भएकाले धेरै बिरामी सरकारी अस्पतालतर्फ आकर्षित भएका छन्।

    मेसिन थपिएसँगै अस्पतालले डायलासिस कक्षका पुराना बेडहरूको मर्मत तथा सुधार पनि गरेको जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend