images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • आज देशका उच्च पहाडी क्षेत्रमा हिमपात...

आज देशका उच्च पहाडी क्षेत्रमा हिमपात र नदीमा आकस्मिक बहावको सम्भावना

आज देशका उच्च पहाडी क्षेत्रमा हिमपात र नदीमा आकस्मिक बहावको सम्भावना

images
images
बुधवार, कार्तिक १२ २०८२
बुधवार, कार्तिक १२ २०८२
  • काठमाडौँ । कात्तिक १२, आज देशका कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

    images
    images

    विभागका अनुसार कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा भारी हिमपात पनि हुन सक्ने सम्भावना छ।

    सो अवधिमा बागमती, कमला, कोशी र कन्काई नदी तथा ती नदीका सहायक धाराहरुमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने देखिएको विभागले जनाएको छ। ती क्षेत्रमा पानीको सतह सतर्कता तह नजिक पुग्न सक्ने र आकस्मिक बहावको जोखिम रहने चेतावनी दिइएको छ।

    images
    images

    त्यस्तै, कोशी, बागमती र मधेश प्रदेशका महाभारत तथा चुरे हुँदै बग्ने ससाना नदीनालामा पनि आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ।

    सावधानी अपनाउन सुझाव दिइएका जिल्लाहरूमा काठमाडौँ, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन, सिन्धुली, बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेहथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी पर्दछन्।

    विभागका अनुसार सम्भावित वर्षा र हिमपातका कारण नदीनालामा आकस्मिक बहाव, पहिरो, सडक तथा हवाई यातायातमा अवरोध, कृषि र पर्यटन क्षेत्रमा समेत असर पर्न सक्ने जोखिम छ।

    यससँगै, बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ अहिले भारतको आन्ध्र प्रदेशतर्फ प्रवेश गर्ने क्रममा रहेको छ। चक्रवात कमजोर हुँदै उत्तर–उत्तर पश्चिम दिशामा सर्दै न्यूनचापीय क्षेत्रका रूपमा नेपालको मध्य भूभाग नजिक पुग्ने र त्यसपछि पूर्वतर्फ सर्ने विभागले जानकारी दिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend