काठमाडौँ । कात्तिक ११ , नेपाली शेयर बजारमा वाणिज्य बैंकहरूको प्रदर्शन कमजोर बनेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार बजार परिसूचक २,५०५ विन्दुमा कायम रहँदा चार वाणिज्य बैंकका शेयर मूल्य प्रारम्भिक सार्वजनिक प्रस्ताव (आइपिओ) दरसँगै झरेका छन्।
नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकमध्ये प्रभु बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र कुमारी बैंक का शेयर मूल्य प्रतिकित्ता २०० रुपैयाँभन्दा तल झरेका हुन्।
पछिल्लो कारोबार विवरणअनुसारः
प्रभु बैंकको शेयर मूल्य रु. १९९।.७०
हिमालयन बैंकको रु. १९८.७०
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको रु. १९६.२०
कुमारी बैंकको रु. १८३.१० मा कायम रहेको छ।
यी मूल्यहरू ती बैंकहरूले आइपिओ जारी गर्दा तोकिएको प्रारम्भिक दरसँग लगभग मिल्दोजुल्दो छन्।
विशेषज्ञहरूका अनुसार हालको बजार परिस्थितिले बैंकिङ क्षेत्रमाथि दबाब सिर्जना गरेको छ भने लगानीकर्ताहरू लामो समयदेखि विश्वसनीय प्रतिफलको प्रतीक्षा गरिरहेका छन्।




.gif)





