काठमाडौँ । रेटिङ सेवा प्रदायक कम्पनी इक्रा नेपाल लिमिटेड ले आफ्नो १३औँ वार्षिक साधारणसभा मंसिर ३ गते गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको बैठकले उक्त सभा काठमाडौँको ठमेलस्थित एलोफ्ट होटलमा दिनको २ः०० बजे सुरु गर्ने निर्णय गरेको हो।
सभामा आर्थिक वर्ष २०८०।८१ का लागि हाल कायम चुक्तापुँजीको ४७.३११४१५२७७ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ।
यस्तै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आव २०८१।८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ। साथै, लेखापरीक्षकको प्रतिवेदन सहितको गत आवको वित्तीय विवरण पारित गर्ने, आव २०८२।८३ का लागि नयाँ लेखापरीक्षकको नियुक्ति र उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।
यससँगै, सभाबाट सञ्चालक समितिको निर्वाचन सम्बन्धी प्रस्ताव पनि पारित गरिने कम्पनीले जनाएको छ।




.gif)





