काठमाडौँ । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्रि ओपन सेसनमा परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २.०८ अंकले घट्दै २,५०६.९५ विन्दुमा अडिएको छ।
यसअघि आइतबारको प्रि ओपन सेसनमा परिसूचक ०.४० अंकले घटेर २,५०३.४४ विन्दुमा पुगेको थियो। सोमबार सार्वजनिक बिदा (लक्ष्मी पूजाको दिन) परेकाले सो दिन कारोबार बन्द भएको थियो।
मंगलबारको प्रि ओपन सेसनमा जम्मा १५ वटा कम्पनीका २ हजार ५०० कित्ता सेयर खरिद बिक्री भएका छन्। यस अवधिमा कुल कारोबार रकम करिब १४ लाख ९७ हजार ९८ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ।
प्रि ओपन सेसनमा कारोबार भएका स्टकहरू मध्ये ३ कम्पनीका सेयर मूल्य बढेका छन् भने १२ कम्पनीका घटेका छन्।




.gif)





