काठमाडौँ । कात्तिक ११, तनहुँ जिल्लाका सामुदायिक वन समूहहरूले वन पैदावर बिक्रीबाट चालु आर्थिक वर्ष २०८१।८२ मा रु ८ करोड ४३ लाख ४ हजार ५०३ आम्दानी गरेका छन् ।
डिभिजन वन कार्यालय तनहुँका सूचना अधिकारी तथा वन अधिकृत राजकुमार श्रेष्ठका अनुसार जिल्लाभरका सामुदायिक वनहरूले सो अवधिमा ८३ हजार ५१३.४५ क्युफिट वन पैदावर बिक्री गरेका हुन् । यसमध्ये ४० हजार ३३१.९५ क्युफिट साल, ४१ हजार १०३.८० क्युफिट खयर, र २,९११.८६ क्युफिट अन्य काठ रहेको छ। साथै, ५०.१५ चट्टा दाउरा पनि बिक्री गरिएको छ ।
जिल्लाको कुल क्षेत्रफलमध्ये करिब ७२ हजार ८० हेक्टर क्षेत्र वनले ओगटेको छ। हाल तनहुँमा ६१६ वटा सामुदायिक वन र ४८५ वटा कबुलियती वन रहेका छन् ।
वन पैदावर बिक्रीमार्फत रु १ करोड २० लाख ४ हजार ९८६ राजस्व सङ्कलन भएको वन कार्यालयले जनाएको छ ।
यस्तै, निजी जग्गाबाट पनि ५१ हजार ४५४.७५ क्युफिट वन पैदावर बिक्री भएको छ । यसमध्ये ४३ हजार ३२४.८ क्युफिट खयर, ९ हजार १३०.६७ क्युफिट अन्य काठ, र ८६.१५ चट्टा दाउरा बिक्री भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।




.gif)





