images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • अन्डाको मूल्य बढ्यो, सोमबारदेखि नयाँ दर...

अन्डाको मूल्य बढ्यो, सोमबारदेखि नयाँ दर लागू

अन्डाको मूल्य बढ्यो, सोमबारदेखि नयाँ दर लागू

images
images
सोमवार, कार्तिक १० २०८२
सोमवार, कार्तिक १० २०८२
  • काठमाडौँ । कात्तिक १०, देशभर अन्डाको मूल्य फेरि बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले उत्पादन घटेको र खपत बढेको कारण देखाउँदै सोमबार कात्तिक ११ देखि लागू हुने गरी नयाँ दर सार्वजनिक गरेको हो।

    images
    images

    संघका अनुसार अब ठूलो अन्डाको मूल्य प्रतिक्रेट रु. ५०० र मध्यम अन्डाको मूल्य रु। ४५० पुगेको छ। अघिल्लो दरको तुलनामा प्रतिक्रेटमा रु. ५० ले वृद्धि गरिएको संघले जनाएको छ।

    यो मूल्यवृद्धि चितवनलाई आधार मानेर गरिएको हो, जहाँ देशकै प्रमुख अन्डा उत्पादन केन्द्रहरू रहेका छन्।

    images
    images

    संघका पदाधिकारीहरूका अनुसार खुद्रा स्तरमा भने उपभोक्ताले ठूलो मूल्यवृद्धि महसुस गर्नुपर्ने छैन। हाल उपभोक्ताले एउटा अन्डा करिब रु. २२ मा खरिद गर्न सक्ने र मूल्यमा ५० देखि ७० पैसासम्म मात्र वृद्धि हुने जनाइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend