images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • सुनको मूल्यले असोजमा रेकर्ड बनायो, त्यसपछि...

सुनको मूल्यले असोजमा रेकर्ड बनायो, त्यसपछि ६ प्रतिशतले घट्यो

सुनको मूल्यले असोजमा रेकर्ड बनायो, त्यसपछि ६ प्रतिशतले घट्यो

images
images
सोमवार, कार्तिक १० २०८२
सोमवार, कार्तिक १० २०८२
  • काठमाडौँ । कात्तिक १०, नेपालमा सुनको मूल्यले गएको असोज ३१ गते ऐतिहासिक रेकर्ड कायम गरेको छ। सो दिन प्रति तोला सुनको मूल्य दुई लाख ५८ हजार रुपैयाँ पुगेको थियो, जुन अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो।

    images
    images

    भदौको अन्त्यतिर देखि सुनको मूल्य निरन्तर उक्लिँदै गएको भए पनि असोज महिनामा भने मूल्यमा तीव्र वृद्धि देखिएको थियो। भदौको अन्तिम दिन प्रति तोला सुन दुई लाख १५ हजार दुई सय रुपैयाँमा कारोबार हुँदै आएकोमा असोजको अन्त्यसम्म आइपुग्दा मूल्य ४२ हजार आठ सय रुपैयाँले बढ्दै दुई लाख ५८ हजार रुपैयाँमा पुगेको थियो।

    सुनको मूल्यसँगै बजारमा यसको माग पनि बढ्दै गएको थियो। यसअघि मूल्यवृद्धिका कारण सुनको खपत घटेको र बैंकहरूले पनि कम मात्रामा आयात गरेको अवस्थामा असोजमा भने माग तीव्र रुपमा बढेपछि बैंकहरूले सुन आयात १९९ प्रतिशतले बढाएका छन्। भन्सार विभागका अनुसार असोज महिनामा मात्रै ४०० किलो सुन नेपाल भित्रिएको छ। साउन र भदौमा जम्मा २०० किलो सुन आयात भएको थियो। चालु आर्थिक वर्षका पहिलो तीन महिनामा जम्मा ६०१ किलो सुन आयात भएको छ, जसमा असोज महिनाकै हिस्सा सबैभन्दा बढी छ।

    images
    images

    तर असोजको अन्त्यपछि सुनको मूल्य घट्ने क्रम सुरु भएको छ। असोज ३१ गते दुई लाख ५८ हजार रुपैयाँ पुगेको सुनको मूल्य आइतबारसम्म झरेर दुई लाख ४१ हजार ९ सय रुपैयाँमा पुगेको छ। कार्तिक लागेपछि सुन १६ हजार एक सय रुपैयाँले सस्तो भएको छ, जुन ६.२४ प्रतिशतको गिरावट हो।

    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्न थालेपछि त्यसको प्रभाव नेपालमा पनि परेको विश्लेषण गरिएको छ। विश्व बजारमा लगानीकर्ताहरूले नाफा बुक गर्दै शेयर बजारतर्फ मोडिन थालेपछि सुनमा बिक्री चाप बढेको बताइन्छ।

    विश्लेषकहरूका अनुसार सुनको मूल्य घट्नुको कारण भूराजनीतिक तनाव कम हुनु, अमेरिकी डलर बलियो हुनु र अमेरिकाले आर्थिक अनिश्चितता कम गर्ने संकेत दिनु पनि हो।

    तर विज्ञहरूले सुनको हालको गिरावटलाई दीर्घकालीन गिरावटको सुरुवात नभई ‘बढ्दो र्‍यालीपछि आएको छोटो विश्राम’का रूपमा लिएका छन्। उनीहरूका अनुसार युद्धको सम्भावना, विश्व अर्थतन्त्रको सुस्ती र विभिन्न केन्द्रीय बैंकहरूको बलियो खरिदका कारण यो वर्ष सुनको मूल्य ६५ प्रतिशतभन्दा बढीले बढेको छ।

    अब सुनको मागमा ठूला उतारचढाव अमेरिकी फेडरल रिजर्भको आगामी ब्याजदर निर्णयमा निर्भर रहने बताइन्छ। फेडले ब्याजदर घटाए सुनमा पुनः लगानी बढ्ने सम्भावना छ, नघटाए भने सुन केही समय स्थिर रहन सक्ने अनुमान छ।

    विज्ञहरूको सुझाव छ “सुनमा दीर्घकालीन लगानी सोच्नेहरूले छोटो अवधिको उतारचढावलाई नजरअन्दाज गर्दै केही समय कुर्नु उपयुक्त हुनेछ।”

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend