images

२०८३ आश्विन १७ गते

images
images
images

बलेफी हाइड्रोपावरको नोक्सानी घट्यो

बलेफी हाइड्रोपावरको नोक्सानी घट्यो

images
images
सोमवार, कार्तिक १० २०८२
सोमवार, कार्तिक १० २०८२
  • काठमाडौँ । बलेफी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा नोक्सानी घटाएको छ।

    images
    images

    गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनी ३९ करोड ३९ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको नोक्सानी ४४ करोड ८० लाख रुपैयाँ थियो। यसरी विद्युत् बिक्री आम्दानी घटेपनि वित्तीय खर्च घटेकाले कुल नोक्सानी घट्न पुगेको कम्पनीले जनाएको छ।

    समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी ८४ करोड ३९ लाख रुपैयाँबाट घटेर ८२ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै, कम्पनीको वित्तीय खर्च ७६ करोड २९ लाख रुपैयाँबाट घटेर ५६ करोड ५२ लाख रुपैयाँमा झरेको छ।

    images
    images

    हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ६५ करोड ५९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ९२ करोड ८२ लाख रुपैयाँ ऋणात्मक अवस्थामा छ। गत असार मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ७४ रुपैयाँ ६१ पैसा रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend