images

२०८३ आश्विन २३ गते

images
images
images
  • बैंक वित्त
  • बैंकिङ प्रणालीबाट राष्ट्र बैंकद्वारा ९० अर्ब...

बैंकिङ प्रणालीबाट राष्ट्र बैंकद्वारा ९० अर्ब तरलता तान्ने

बैंकिङ प्रणालीबाट राष्ट्र बैंकद्वारा ९० अर्ब तरलता तान्ने

images
images
आइतवार, कार्तिक ९ २०८२
आइतवार, कार्तिक ९ २०८२
  • काठमाडौँ । कात्तिक ९, नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट फेरि ९० अर्ब रुपैयाँ बराबरको तरलता तान्ने भएको छ। बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरण मार्फत पैसा संकलन गर्न लागेको हो।

    images
    images

    राष्ट्र बैंकका अनुसार उक्त निक्षेप संकलनका लागि आइतबार दिउँसो ३ः०० बजे अनलाइन प्रणाली मार्फत मात्र बोलकबोल हुनेछ। निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सक्नेछन्।

    यसमा बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ। निक्षेप संकलनमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने राष्ट्र बैंकले जनाएको छ।

    images
    images

    यो ४२ दिने निक्षेप संकलन उपकरण मंसिर २१ गते परिपक्व हुने छ, जसका दिन साँवा तथा ब्याज दुबै भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend