काठमाडौँ । अब मध्यपहाड देखि तराई सम्मका किसानले सजिलै व्यावसायिक स्ट्रबेरी खेती गर्न सक्ने भएका छन्। अमेरिकी जातका स्ट्रबेरीका नर्सरी बिरुवा देशभर आपूर्ति गर्न थालिएको छ।
स्थानीय व्यवसायीहरूको पहलमा सुरु गरिएको यो अभियानले नेपालमा स्ट्रबेरी खेतीलाई आधुनिक तथा लाभदायक व्यवसायको रूपमा विस्तार गर्ने लक्ष्य लिएको छ। व्यवसायीहरूका अनुसार अमेरिकी जातका स्ट्रबेरी बिरुवाहरू जलवायु अनुकूल, उत्पादनशील र बजारमा उच्च माग भएका छन्।
“हाम्रो उद्देश्य देशभरका किसानलाई गुणस्तरीय बिरुवा उपलब्ध गराई स्ट्रबेरी खेतीलाई आम्दानीको स्रोत बनाउने हो,” एक व्यवसायीले बताए।
बिरुवा आवश्यक परेमा सम्पर्क गर्न सकिने जानकारी दिइएको छ। अर्घाखाँचीबाट सुरुवात भएको यो अभियानले निकट भविष्यमा देशका अन्य जिल्लामा समेत स्ट्रबेरी खेतीको नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ।




.gif)





