काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो दुई महिना (साउन र भदौ) भित्र देशभरका वाणिज्य बैंकहरूले कर्मचारी बोनसका लागि २ अर्ब ४६ करोड ७० लाख रुपैयाँभन्दा बढी रकम छुटाएका छन्।
नेपालका २० वाणिज्य बैंकहरूले आफ्ना कर्मचारीका लागि उक्त अवधिमा बोनस शीर्षकमा छुट्याएको रकम सार्वजनिक गरेका हुन्।
सबैभन्दा धेरै बोनस छुटाउने बैंकमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा रहेको छ। बैंकले आफ्ना कर्मचारीका लागि २५ करोड ८४ लाख रुपैयाँ बोनसका लागि छुटाएको छ। त्यसपछि नबिल बैंक ले २१ करोड ६ लाख रुपैयाँ, र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ले २० करोड ४५ लाख रुपैयाँ छुटाएको छ।
त्यस्तै, एभरेष्ट बैंक ले १४ करोड ४० लाख, स्ट्यान्डर्ड चार्टर्ड बैंक ले ८ करोड ४४ लाख, नेपाल बैंक ले ६ करोड ६ लाख, राष्ट्रिय वाणिज्य बैंक ले ६ करोड ६६ लाख, हिमालयन बैंक ले ६ करोड ३५ लाख र नेपाल एसबीआई बैंक ले ५ करोड ६२ लाख रुपैयाँ बोनसका लागि छुटाएका छन्।
यस्तै, एनआईसी एशिया बैंक ले ७ करोड ८६ लाख, माछापुच्छ्रे बैंक ले ७ करोड ६५ लाख, कुमारी बैंक ले १९ करोड १६ लाख, लक्ष्मी सनराइज बैंक ले १५ करोड ४६ लाख, सिद्धार्थ बैंक ले १३ करोड ७६ लाख रुपैयाँ छुटाएको देखिन्छ।
त्यसैगरी, एनएमबी बैंक ले १६ करोड ३६ लाख, प्रभु बैंक ले १० करोड १२ लाख, सानिमा बैंक ले ११ करोड ४५ लाख, कृषि विकास बैंक ले ४ करोड २९ लाख, सिटिजन्स बैंक ले ८ करोड ९६ लाख र प्राइम कमर्सियल बैंक ले १६ करोड ६२ लाख रुपैयाँ बोनसका लागि छुट्याएका छन्।
समग्रमा हेर्दा, चालु आर्थिक वर्षको पहिलो दुई महिनामै वाणिज्य बैंकहरूले कर्मचारी प्रोत्साहनका लागि उल्लेख्य रकम छुट्याएका छन्, जसले बैंकिङ क्षेत्रको लाभांश तथा आन्तरिक वित्तीय अवस्थाको सूचक पनि जनाउँछ।




.gif)





