images

२०८३ कार्तिक ५ गते

images
images
images
  • समाचार
  • मोलुङ्ग हाईड्रोपावरले डाक्यो दुई आर्थिक वर्षको...

मोलुङ्ग हाईड्रोपावरले डाक्यो दुई आर्थिक वर्षको साधारण सभा

मोलुङ्ग हाईड्रोपावरले डाक्यो दुई आर्थिक वर्षको साधारण सभा

images
images
बिहिवार, भाद्र २० २०८१
बिहिवार, भाद्र २० २०८१
  • काठमाडौं । मोलुङ्ग हाईड्रोपावर कम्पनीले एकैपटक १४औं र १५औं वार्षिक साधारण सभा गर्ने भएको छ । 

    images
    images

    कम्पनीको भदौ १९ गते बसेको बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९\८० र २०८०\८१ को वार्षिक साधारण सभा गर्ने भएको हो । सभा आगामी असोज १८ गते शुक्रबार काठमाडौंको कीर्तिपुरस्थित बाघभैरव ब्याङक्वेटमा बिहान ९ बजेदेखि शुरु हुने कम्पनीको भनाई छ ।

    सभाले कम्पनीको प्रबन्ध पत्रमा थपघट गर्ने, कम्पनीले उपयोग गरिरहेको कर्जा सुविधा कम ब्याजदर भएको बैंक तथा वित्तीय संस्थासँग सम्झौता गरी कर्जा स्वाप गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र संस्थापक समूहबाट चार जना र सर्वसाधारण समूहबाट एक जना महिला सञ्चालकको निर्वाचन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

    images
    images

    यसैगरी, सभाले वित्तीय विवरण सहितको आर्थिक वर्ष २०७९\८० २०८०\८१ को वार्षिक प्रतिवेदन,आर्थिक वर्ष २०७९\८० २०८०\८१ को लेखापरीक्षण प्रतिवेदन र सोही आवको वार्षिक वित्तीय विवरण अन्तर्गत वासलात, नाफा नोक्सान हिसाबलगायत अन्य विवरणहरु पारित गर्नेछ ।

    यसका साथै सोही सभाले आर्थिक वर्ष २०८१\८२ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने र सञ्चालक समिति गठन गर्ने प्रस्ताव समेत पारित गर्नेछ । वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend