अर्थसमाचार,
काठमाडौं । गोरखाको आरुघाट क्षेत्रमा दुईवटा मोटरेबल पक्की पुल बगाएपछि सडक सम्पर्क पूर्ण रूपमा अवरुद्ध भएको छ। नेपाल प्रहरीका अनुसार हिमपहिरोपछि खोला थुनिएर बुढीगण्डकी नदीमा बाढी आउँदा पुलहरू बगाएका हुन्।
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पक्की पुल तथा आरुघाट गाउँपालिका–९ बाट धादिङ जोड्ने पक्की पुल बगाएका छन्।
मिति २०८३ कात्तिक ४ गते बिहान ८ः१० बजेसम्मको नेपाल प्रहरीको सूचनामा उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको उल्लेख छ।
सडक अवरुद्ध भएकाले सम्बन्धित क्षेत्र हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्था बुझ्न र वैकल्पिक मार्गबारे जानकारी लिन आग्रह गरिन्छ।
स्रोतः नेपाल प्रहरी





.gif)





