images

२०८३ आश्विन १९ गते

images
images
images
  • कृषि
  • कृषिजन्य वस्तुको कारोबारबाट पर्वतमा ६५ करोडभन्दा...

कृषिजन्य वस्तुको कारोबारबाट पर्वतमा ६५ करोडभन्दा बढी आम्दानी

कृषिजन्य वस्तुको कारोबारबाट पर्वतमा ६५ करोडभन्दा बढी आम्दानी

images
images
शुक्रवार, कार्तिक ७ २०८२
शुक्रवार, कार्तिक ७ २०८२
  • काठमाडौँ । कात्तिक ७, खाद्यान्न र तरकारी उत्पादनमा आत्मनिर्भर बन्दै गएको पर्वत जिल्लामा गत आर्थिक वर्षमा कृषिजन्य वस्तुको कारोबारबाट रु ६५ करोड ३० लाखभन्दा बढी आम्दानी भएको छ।

    images
    images

    कृषि ज्ञान केन्द्र, पर्वतका प्रमुख परशुराम अधिकारीका अनुसार मुख्य रूपमा आलु, धान, अलैँची, तरकारी बाली, मकै र सुन्तला उत्पादनलाई प्राथमिकता दिइँदै आएको छ। यी छ वटा प्रमुख बालीबाट नै कृषकहरूले सो परिमाणको कारोबार गर्न सफल भएका हुन्।

    उनका अनुसार जिल्लामा आलु र सुन्तला प्रमुख नगदे बालीका रूपमा परिचित छन्। साथै, धान, मौसमी तथा बेमौसमी तरकारी, अलैँची, मकै र काँक्रोको मूल बीउ पनि उत्पादन र बिक्री हुँदै आएको छ।

    images
    images

    गत आर्थिक वर्षमा जिल्लाभर ७२ हजार ९५० मेट्रिक टन खाद्यान्न उत्पादन भएको थियो। त्यसमा मकै ३३ हजार १२० मेट्रिक टन, गहुँ पाँच हजार २२० मेट्रिक टन, जौ ५४ मेट्रिक टन, फापर १०० मेट्रिक टन, कोदो सात हजार ८५० मेट्रिक टन र दलहन ५२७ मेट्रिक टन समावेश छन्।

    तेलहनबाली ३६२ मेट्रिक टन, आलु २० हजार ३३० मेट्रिक टन, तरकारी १२ हजार ६१० मेट्रिक टन र सुन्तला चार हजार १५ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। सुन्तलासहित अन्य फलफूलको कुल उत्पादन १३ हजार ३०७ मेट्रिक टन पुगेको छ।

    उत्पादनबाट आम्दानीका हिसाबले आलुबाट रु ७ करोड ७३ लाख, बीउ तथा तरकारीबाट रु ११ करोड, सुन्तलाबाट रु २४ करोड ८४ लाख, मौरीको महबाट रु ४ करोड ५० लाख र अलैँचीबाट रु १ करोड ८१ लाख बराबरको कारोबार भएको प्रमुख अधिकारीले जानकारी दिए।

    कृषकलाई उत्पादकत्व वृद्धि गर्न ५० देखि ९० प्रतिशतसम्म अनुदान वितरण गरिएको छ। केन्द्रले आर्थिक वर्ष २०८१र८२ मा मात्रै रु ४ करोडभन्दा बढी अनुदान वितरण गरेको जनाएको छ।

    गत वर्ष किसानहरूलाई २०३ वटा मिनि पावर टिलर, २५ वटा कुटानी–पिसानी मिल, ४१ वटा स्प्रेयर, पाँच वटा ब्रसकटर, सिँचाइका लागि ५ हजार ९३५ मिटर पाइप, ७०० वटा हिलट्याङ्क र ३६७ मिटर कुलो मर्मतका लागि समेत सहयोग गरिएको थियो।

    चालु आर्थिक वर्षका लागि केन्द्रमा रु ५ करोड ६४ लाख बजेट विनियोजन गरिएको छ भने संघीय सरकारतर्फबाट रु २१ लाख ४३ हजार प्राप्त भएको कार्यालयले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend