images

२०८३ आश्विन २५ गते

images
images
images

निर्माण व्यवसायीको ६० अर्ब भुक्तानी भएन्

निर्माण व्यवसायीको ६० अर्ब भुक्तानी भएन्

images
images
अर्थ समाचार
मंगलवार, आषाढ २५ २०८१
अर्थ समाचार
मंगलवार, आषाढ २५ २०८१
  •  सोमबार चालु आवका लागि भुक्तानी दिने अन्तिम दिन भएपनि निर्माण व्यवसायीले पाउने रकम भुक्तानी नपाएको गुनासो गरेका छन् । व्यवसायीहरुका अनुसार नयाँ र पुरानो गरेर करिब ६० अर्ब रुपैयाँ भुक्तानी लिन बाँकी भएपनि सरकारी अधिकारीहरुले आफू निकटकालाई केही रकम मात्र भुक्तानी गरेको छन् ।

    images
    images

    सरकारले स्रोत सुनिश्चिततादेखि अन्य वहाना बनाएर भुक्तानी रोक्दै आएको छ । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले भुक्तानीमा सहजीकरण नगरेको बताए ।

    ‘केही भुक्तानी भएको छ तर सरकार निकट वा कर्मचारी निकटका व्यवसायीहरुको न्यून रकम मात्र भुक्तानी भएको छ । मन्त्रीज्यूले मैंले काम रोकेको छैन भन्नुहुन्छ, मन्त्रालयका सचिवज्यूले कर्मचारीलाई काम लगाउन सकिएन भन्नुहुन्छ । हामीलाई अलमल्याउने काम भइरहेको छ,’अध्यक्ष सिंहले नेपाल न्यूज बैंकसँगको कुराकानीमा भने ।

    images
    images

    ‘सडकबाट १३ अर्बको रकमान्तर भएको छ । सिंचाइ, खानेपानीलगायतबाट पनि काम अघि बढेको छ तर मन्त्रालयहरुले काम गरिररहेका छैनन्,’उनले भने । उनका अनुसार व्यवसायीहरुको एउटा टोली सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न गएको थियो ।

    प्रधानमन्त्री दाहालले अर्थसचिव मधुकुमार मरासिनीलाई टेलिफोन गरी भुक्तानीको व्यवस्था गर्न निर्देशन दिएका थिए । तर, सचिव मरासिनीले स्रोत सुनिश्चितता र कर्मचारीलाई काम लगाउन नसकेको जवाफ फर्काएका थिए ।

    व्यवसायीले गत शुक्रबार अर्थमन्त्री वर्षमान पुनसँग भेट गरी असारभित्र नै भुक्तानी गर्न आग्रह गरेका थिए । भेटमा मन्त्री पुनले असारभित्रै भुक्तानी गर्ने प्रतिवद्धता जनाएका थिए । तर प्रक्रिया पुर्यार गरेको कामको समेत भुक्तानी नभएको गुनासो गरे ।

    सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधन भएर म्याद थप भएपछि राज्यले निर्माण व्यवसायीलाई नयाँ–पुरानो गरी ६० अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी रहेको सिंहको दाबी छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend