काठमाडोँ । कात्तिक ६, सिन्धुलीको कमलामाई नगरपालिकामा नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको पहलमा ‘उज्यालो वडा अभियान’ सुरु गरिएको छ । यो अभियान अन्तर्गत नगरका विभिन्न वडामा अहिलेसम्म २०५ भन्दा बढी सडक बत्ती जडान गरिसकिएको छ ।
नगर सचिव कैलाश ढुङ्गेलका अनुसार सडक बत्ती जडानका लागि आवश्यक सबै सामग्री स्थानीय स्तरमै सङ्कलन गरिएको हो । उनले भने, “सरकारी निकायको बजेटमा भर नपरी युवाहरू आफैंले योगदान गरेर गाउँ उज्यालो बनाउने अभियान चलाएका छन् ।”
यस अभियान अन्तर्गत हाल वडा नं १० अन्तर्गत पर्ने साबिक १३, १५, १६, १७ र १८ नम्बर वडामा पर्ने भडार, कोरुङ खोला, सरकारी टोल, जहान टोल हुँदै दोभानसम्म र रानीचुरीका मुख्य सडक पोलहरूमा बत्ती जडान भइरहेको छ । बाँकी काम तिहारपछिको योजना छ ।
स्थानीय बासिन्दा अनुसार उज्यालो बत्ती जडानपछि रातको समयमा आवतजावत सहज भएको र सुरक्षामा पनि सुधार आएको छ । यो अभियानले राजनीतिक संगठन र स्थानीय समुदायबीच सहकार्यको राम्रो उदाहरण प्रस्तुत गरेको छ ।




.gif)





