काठमाडौँ । तिहारअघि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २५ वटा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन्। कार्तिक २ गतेसम्मको अवधिसम्म घोषणा भएका लाभांश ५ प्रतिशत देखि अधिकतम १८४२ प्रतिशत सम्म रहेका छन्। यस वर्ष अधिकांश कम्पनीहरूले बोनस सेयरमा बढी जोड दिएको देखिन्छ।
अहिलेसम्म लाभांश घोषणा गर्ने कम्पनीमध्ये ७ वटा वाणिज्य बैंक, ४ वटा विकास बैंक, ५ वटा हाइड्रोपावर, २ वटा इन्भेष्टमेन्ट कम्पनी, ३ वटा उत्पादनमूलक कम्पनी, २ वटा लघुवित्त, र एक–एक वटा फाइनान्स तथा अन्य क्षेत्रका कम्पनी छन्।
सबैभन्दा धेरै लाभांश घोषणा गर्ने कम्पनीमा युनिलिभर नेपाल अग्रस्थानमा छ। कम्पनीले गत वर्षको नाफाबाट १८४२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ। त्यसपछि नेपाल ल्युव आयल लिमिटेडले १.०५३ प्रतिशत नगद र २० प्रतिशत बोनस सहित २१.०५३ प्रतिशत लाभांश घोषणा गरेको छ।
प्रमुख कम्पनीहरूको लाभांश विवरण
एभरेष्ट बैंक–१४% नगद, ६% बोनस (कुल २०%),सानिमा बैंक–७.३७% नगद,सिटिजन्स बैंक–५% बोनस, ०.२६% नगद (कुल ५.२६%),सिद्धार्थ बैंक–५% नगद, ५.५३% बोनस (कुल १०.५३%),स्ट्यान्डर्ड चार्टर्ड बैंक–१९% नगद,ग्लोबल आईएमई बैंक–८% नगद
विकास बैंकहरू
मुक्तिनाथ विकास बैंक–४.६७% नगद, १३.५३% बोनस (कुल १८.२०%),कामना सेवा विकास बैंक–५.७९% नगद, १०% बोनस (कुल १५.७९%),गरिमा विकास बैंक–४.५३% नगद, ६% बोनस (कुल १०.५३%),मितेरी विकास बैंक–१०% नगद,फाइनान्स तथा लघुवित्त,मञ्जुश्री फाइनान्स–१५% नगद,गुराँस लघुवित्त–१४.२५% बोनस, ०.७५% नगद,आरएसडीसी लघुवित्त–८% नगद
हाइड्रोपावर कम्पनीहरू
भगवती हाइड्रोपावर–१४% बोनस, ६% नगद (कुल २०%),सिक्लेस हाइड्रो–१५% बोनस, ०.७८९% नगद (कुल १५.७८९%),अरुण भ्याली हाइड्रो–८% बोनस, ०.४२% नगद (कुल ८.४२%),युनिभर्सल पावर कम्पनी–९% बोनस, ०.४७% नगद (कुल ९.४७%),मिडसोलु हाइड्रो–१५% बोनस, ०.७८९% नगद
अन्य कम्पनीहरू
हाथवे इन्भेष्टमेन्ट नेपाल–१२% बोनस, ०.६३% नगद (कुल १२.६३%),हिमालयन डिष्टिलरी–२०% बोनस, ५% नगद,मुक्तिनाथ कृषि कम्पनी–८% बोनस, ०.४२% नगद (कुल ८.४२%),पूर्वाधार विकास बैंक–६% नगद
साधारण सभा र बुक क्लोज
अहिलेसम्म माछापुच्छ्रे बैंक, मञ्जुश्री फाइनान्स, सानिमा बैंक र भगवती हाइड्रोपावरले साधारण सभा सम्पन्न गरिसकेका छन्। मुक्तिनाथ विकास बैंकले कार्तिक १५ गते, एभरेष्ट बैंकले कार्तिक १२ गते साधारण सभा गर्नेछ।गुराँस लघुवित्तले कार्तिक १४ गते बुक क्लोज गरी कार्तिक २३ गते सभा बोलाएको छ।




.gif)





